भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनुले बढाइन् मतान्तर
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनुले २९६८ मत गणना हुँदा ११०५ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२२६ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया