पेट्रोलमा एकपटक १० रुपैयाँ मूल्यबृद्धि, खाना पकाउने ग्यास र मट्टितेलको कति ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ बैशाख

काठमाडौं, ३१ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार साँझ विज्ञप्ति जारी गर्दै डिजेल र पेट्रोलको मूल्य बढाएको जानकारी दिएको हो ।

डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ । नयाँ मूल्य शनिबार मध्यरात पश्चात् लागू हुनेछ ।

प्रतिक्रिया