मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाईमा प्रहरीद्वारा हवाई फायर
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ बैशाख

इलाम, ३१ बैशाख । मतगणनाको विषयमा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ ।

मतगणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।

प्रतिक्रिया