
बैतडी, ३१ बैशाख । बैतडीको सुर्नया गाउँपालिकाको मतगणना स्थलमा मतदान अधिकृत सिद्ध राज जोशीले उम्मेदवारहरुलाई प्रतिवन्ध लगाएका छन् ।
मतगणना चलि रहेको समयमा उम्मेदवारले जान खोज्दा रोकेका थिए । गठवन्धनका साझा उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार नरेन्द्र विष्टले मतगणना स्थल भित्र जान खोज्दा रोकेका थिए ।
विष्ट जस्तै अरु उम्मेदवारहरुलाई पनि मतगणना स्थलमा जान नदिएको एकिकृत समाजवादी पार्टीका पोलिटिव्यरो सदस्य परमानन्द भट्टले बताए ।
नेता भट्टले भने ‘मैले प्रमुख निर्वाचन अधिकृत संग कुरा गरे पछि अहिले मतगणना स्थलमा जाने विषयमा छलफल भइरहेको छ’ ।
यो विषयमा मुख्य निर्वाचन अधिकृत तिलक कार्की संग बुझदा आफु संग कुनै जानकारी नआएको बताएका छन् । सुर्नयाकै निर्वाचन अधिकृत सिद्ध राज जोशी संग बुझदा एक जना उम्मेदवार मात्र प्रवेस गर्ने सहमती भएको र उम्मेदवार संग थप मान्छे आउन खोज्दा गुनासो आएका बताए ।