झलनाथ खनालको गृहनगरमा एकीकृत समाजवादीको अग्रता
प्रकाशित:
२०७९, ३१ बैशाख

इलाम, ३१ बैशाख । इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले प्रारम्भिक नतिजामा अग्रता लिएका हुन् ।
राईले १५८ मत पाएका छन् । राईलाई गठबन्धनका दलहरुले समर्थन जनाएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन् ।
उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
