हिमाली जिल्ला मनाङमा मतगणना सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

लमजुङ, ३० बैशाख । हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ । चार वटा पालिका रहेको मनाङमा अहिले साँझ ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार मतदान सकिएलगत्तै सर्वदलीय बैठक बसी मतगणना गर्ने निर्णय भएअनुसार मतगणना थालिएको हो । अहिले मतगणना भइरहको छ । गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना जारी छ । तारजालीसहित सीसी क्यामरा जडान भएको मतगणना स्थल छ ।

२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२.६० प्रतिशत मत खसेको हो ।

प्रतिक्रिया