स्थानीय तह निर्वाचन : सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको एमालेको आरोप
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्ता पक्षले स्थानीय तह निर्वाचनमा दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका हुन् ।

शुक्रबार साँझ जारी वक्तव्यमा भनिएको छ, ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर, सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य ग¥यो ।’

ओलीले वक्तव्यमा त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’

मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनसमेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया