४ बजेसम्ममा ५५ प्रतिशत मतदान : निर्वाचन आयोग
प्रकाशित:
२०७९, ३० बैशाख
काठमाडौं, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपरान्ह ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपरान्ह ४ बजेसम्ममा ५५ प्रतिशत मतदान भएको जानकारी दिए । आयोगले मतदानको समय साँझ पाँच बजेसम्म तोकेको छ ।
यो पटक स्थानीय तह निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेका छन् ।
प्रतिक्रिया