११३ वर्षीया गोपीमायाले मतदानपछि भनिन्, आगामी चुनावमा पनि मतदान गर्न पाउँ
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

तनहुँ, ३० बैशाख । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि मतदान गरेकी छन् ।

पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् । विसं १९६६ भदौ ६ गते जन्मिएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेका हुन् ।

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन् । मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेकी थिइन् ।

यस्तै, उता मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा पनि ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेका छन् ।
अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन् ।

प्रतिक्रिया