मतदान गरेपछि प्रचण्डले भने- जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

चितवन, ३० बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे । उनले भने, ‘उहाँले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो ।’

सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।’

प्रतिक्रिया