बुथ कब्जा गर्न खोजेपछि दोलखाको बैतेश्वरमा तनाव
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

दोलखा, ३० बैशाख । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ ।

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी दोलखाका डिएसपी गंगा पौडेलका अनुसार दुई पक्षबीच झडपसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको छ । मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस–एमाले कार्यकर्ताले मतदान केन्द्रमा समेत ढुंगामुडा गरेका छन् ।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । अहिले सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया