मतदान गरेपछि सिर्जना सिंहले भनिन्, ‘मैले जिते घोषणा गरेअनुसार काम गर्नेछु
अखबार टुडे
प्रकाशित:
२०७९, ३० बैशाख

काठमाडौँ, ३० बैशाख । । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी सिर्जना सिंहले आफू निर्वाचित भए घोषणापत्रअनुसार काम गर्ने प्रतिवद्धता दोहोर्याएकी छन् ।

बिहीबार स्थानीय तह सदस्य निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले आफू विजयी बने काठमाडौँ महानगरका समस्या सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने बताएकी हुन् ।
सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।

प्रतिक्रिया