तेह्रथुम छथरका एमालेका वडाध्यक्षसहित तीन जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ बैशाख

तेह्रथुम, २९ बैशाख । तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मनबहादुर खड्का, कृष्णबहादुर कार्की र मेदुना रानामगर छन् । मेदुना रानामगर चालक हुन् । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ ।

आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी निशान थापाले बताए । योजनाबद्ध आक्रमणबाट सत्तारुढ गठबन्धनका कार्यकर्ता घाइते भएका छन् ।

प्रतिक्रिया