बुटवलको मिलनचोकमा बम बिस्फोट
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

बुटवल, २८ बैशाख । बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ । बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार अज्ञात समूहले बम बिस्फोट गराएको हो । बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए ।

स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम बिस्फोटको घटनाले बुटवलको सुरक्षा अवस्थालाई चुनौती दिएको छ ।

प्रतिक्रिया