स्वास्थ्य मन्त्रालयले भन्यो- ‘कोरोनाको जोखिम कायमै छ, अनिवार्य माक्स लगाउनुस्’
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

काठमाडौं, २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस संक्रमण मत्थर भएपनि जोखिम कायम रहेको जनाएको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरस संक्रमण वृद्धि भइरहेकाले नेपालमा पनि संक्रमणको उच्च जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बताएकी हुन् ।

कोरोना संक्रमितको संख्यामा कमि आएपनि महामारीको जोखिम कायम रहेकाले सबैलाई जनस्वास्थ्य नियम पालना गर्न डा.मिश्राले आग्रह गरिन् । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावमा मतदान केन्द्रमा अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट जोगिन अनिवार्य रुपमा साबुन पानी हात धुन तथा सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाउन छुटेका र पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका बुस्टर डोज लगाउन डा.मिश्राको आग्रह छ ।

प्रतिक्रिया