जेठ २९ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराको नियमित उडान
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

काठमाडौं, २८ बैशाख । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको अनुमति लिएको कुवेतको जजिरा एयरवेजले जेठ २९ गतेदेखि नियमित उडान गर्ने भएको छ ।

अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको जजिरा एयरवेजले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहा हुँदै कुवेत जानेछ । कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् ।

२ जेठमा स्थानीय समयअनुसार ६ बजेटर २० मिनेटमा दोहाबाट उड्ने जहाज स्थानीय समय अनुसार ७ः४५ बजेट कुवेत अवतरण गर्ने तालिका रहेको छ । यो जहाज कुवेतमा ४ घण्टा ट्रान्जिट गरी स्थानीय समय अनुसार २३ः४५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्ने छ भने नेपाली समयअनुसार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछ ।

नियमित उडानमा भने दोहाबाट १५ः३० मा उड्ने जहाज कुवेतमा १.३५ घण्टा ट्रान्जिट गरी भैरहवाका लागि उड्ने छ । नेपाली समय अनुसार राति १ ः४५ बजे जहाज गौतमबुद्ध विमानस्थलमा उवतरण हुने गरी तालिका बनाइएको छ ।

नियमित उडान साताको तीन वटा हुनेछ । आइतबार, मंगलबार र बिहीबार उडानको मिति तोकिएको अनलाइन खबरले लेखेको छ ।

प्रतिक्रिया