मतदाता नामावलीमा नाम दर्ता गराएकाले मतदान गर्न पाउने
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएकाहरूलाई मतदाता परिचयपत्र दिने भएको छ ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गरी वैशाख २९ गतेसम्म १८ वर्ष पुगिसकेका व्यक्तिहरूको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूले पनि मतदान गर्न पाउने बताएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैशाख २८ र २९ गते सबै मतदानस्थलहरूमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने छ ।

परिचय पत्र हराएका व्यक्तिहरूलाई गत फागुन २० गते सम्ममा वडा कार्यालयमार्फत् निवेदन दिन अनुरोध गरिएको थियो।त्यसका लागि आयोगले बुधबार र बिहीबार मतदानस्थलहरूमा मतदाता परिचय वितरण गर्न लागेको हो ।

यस्तै, अहिले नागरिकतामात्रै भए पनि मतदान गर्न पाउने भन्ने कुराको निर्णय भइनसकेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले भने, ‘यसबारे निर्णय भइसकेको छैन । यस विषयमा छलफल नै गरेका छैनौँ । मतदाता नामावलीमा दर्ता गराइसक्नेहरूले भने पाउँछन् ।’

प्रतिक्रिया