हुम्ला : आचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन अधिकृतलाई कारबाही गर्न माग
अखबार टुडे
प्रकाशित:
२०७९, २८ बैशाख

काठमाडौं, २८ बैशाख । सत्तारुढ गठबन्धनका दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहित विपरीत काम गरेको आरोप लगाएका छन् । ती दलहरुले आचारसंहिताविपरित काम गर्ने निर्वाचन अधिकृतलाई कारबाही गर्न माग गर्दै कारबाही नगरिए निर्वाचन रोक्नेसमेत दिएका छन् ।

गठबबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिताविपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको हो ।

गाउँपालिमा करार कर्मचारीरूपमा काम गर्ने र उम्मेदवारका नजिकका मान्छेलाई आचारसंहिताविपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ ।

निर्वाचन हुनुअघि नै कानुनविपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको र सर्वदलीय सहमति नहुँदै प्रेसमा सूचना प्रसारण गरेकाले निर्वाचन अधिकृत स्वयमले निर्वाचन जस्तो संवेदनशील समयमा पूर्व गाउँपालिका अध्यक्ष र एमालेबाट हाल गाउँपालिका अध्यक्ष उम्मेदवार दल फडेराको घरमा गएर बस्ने र खानपिन गर्ने गरेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया