कीर्तिमानी भारत्तोलन खेलाडी सञ्जु मृत फेला
प्रकाशित:
२०७९, २७ बैशाख

काठमाडौं, २७ बैशाख । नेपालको भारत्तोलनकी राष्ट्रिय कीर्तिमानी खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।
ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सलले पासो लगाएको अवस्थमा उनलाई भेटिएको भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । उनी केही दिनयता महर्जनको घरमा बस्दै आएकी बतइएको छ ।
सञ्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारत्तोलन खेलाडी हुन् । १३औं सागमा उनले उक्त सफलता हात पारेकी थिइन् ।
नेपालगन्जकी सञ्जु एसियाली खेलकुदको छनोटका लागि केही समययता काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन् । घटना आत्महत्या वा हत्या के भन्ने स्पष्ट भइसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त