गठबन्धनले आज ललितपुर र सुदूरपश्चिममा चुनावीसभा गर्दै
अखबार टुडे
प्रकाशित:
२०७९, २७ बैशाख

काठमाडौं, २७ बैशाख । सत्ता गठबन्धनले आज ललितपुरमा चुनावीसभा गर्दैछ । । गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावीसभा आयोजना गरिरहेको हो ।

ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि आज गठबन्धनको तर्फबाट चुनावीसभा हुँदैछ । सुदूरपश्चिमको डडेलधुरामा हुने चुनावीसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया