पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्छ: देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, २६ बैशाख

कैलाली, २६ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिएका छन् ।

सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागी उठेर पार्टी हारेको अवस्थामा कुनै पनि हालतमा माफी नगरिने चेतावनी दिएका हुन् ।

स्थानीय सरकार जित्न जरुरी रहेको वताउँदै देउवाले भने, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हा¥यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’ उनले बागीले उम्मेदवारी फिर्ता लिनुपर्ने बताए ।

सम्बोधनकै क्रममा देउवाले पालिका चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताए । ‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ’, उनले भने, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ ।’

प्रतिक्रिया