मंगलबार मध्यरातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमानाका बन्द
अखबार टुडे
प्रकाशित:
२०७९, २६ बैशाख

काठमाडौं, २६ बैशाख । स्थानीय तह निर्वाचन लक्षित सुरक्षाका लागि सरकारले ७२ घण्टासम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।

मतदानको दिनअगाडि ७२ घण्टा मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज हुनेछ ।

गृह मन्त्रालयका अनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न निर्देशन भइसकेको छ । अनुमति बेगर सीमाबाट आउजाउ गर्न नदिन निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्नेछ ।

प्रतिक्रिया