राष्ट्रपतिद्वारा जेठ ३ गते संसद अधिवेशन आव्हान
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

काठमाडौं, २५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । आगामी वर्षको बजेटबारे छलफल गर्न संसद अधिवेशन डाकिएको हो ।

प्रतिक्रिया