चुनावको सुरक्षामा प्रहरीले माग्यो सेनासँग दुई हजार साना हतियार
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

काठमाडौं, २५ बैशाख । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा बढी साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको बताइएको छ ।

निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गर्दै पत्राचार गरेको थियो । साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीसँग बताएका छन् ।

‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं’ उनले भने । सेनाले प्रहरीलाई चुनावको सुरक्षामा सापटीस्वरुप दिएको चिनियाँ पेस्तोल लेथल (घातक) हतियार हो । देशभर एकै चरणमा निर्वाचन हुन लागेको हुनाले हतियार नपुग्ने विश्लेषणसहित प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार मागेको थियो ।

प्रतिक्रिया