प्रचण्डको अभिव्यक्तिमा रेनु दाहालको प्रष्टीकरण- ‘उहाँले मतदातालाई सचेत गराउनुभएको हो’
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

चितवन, २५ बैशाख । नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदातालाई धम्की नभएर सचेत गराएको बतएकी दिएकी छन् ।

आइतबार घरदैलो कार्यक्रमका क्रममा माओवादी अध्यक्ष प्रचण्डको हालै दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नकारे जवापलमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नुभएको होइन । त्यसलाई गतल अर्थ लगाइयो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नुभएको हो ।’

यही वैशाख २२ गते चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ‘रेनु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने’ बताएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई मतदातालाई धम्की दिएको भन्दै कपियले आलोचना गरिरहेका छन् ।

प्रचण्डको सो अभिव्यक्ति अहिलेको सत्ता गठबन्धन संविधान जोगाउने मर्मका साथ बनेको र त्यसमा दायाँ–बायाँ भए देश दुर्घटनामा जाने भनेर सचेत मात्रै गराएको रेनुको भनाइ छ ।

उनले भनिन्, ‘देश दुर्घटनामा जान खोज्दै थियो, केपी ओलीको ज्यादती र पटक–पटककको प्रतिगमन अनि हामीले यत्रो लडेर ल्याएको संविधान रक्षा गर्नुपर्ने दायित्व थियो । यही मर्मअनुसार यो गठबन्धन भएको छ । दायाँ–बायाँ भयो भने देश दुर्घटनामा जान्छ है भनेर उहाँले सचेत गराउनुभएको मात्रै हो ।’

प्रतिक्रिया