वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

काठमाडौं, २५ वैशाख । यही वैशाख ३० गते सबै नियमित आन्तरिक सेवा बन्द हुने भएको छ ।
वायुसेवा सञ्चालक संघ, नेपालले आज एक विज्ञप्ति जारी गर्दै मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द हुने जानकारी दिएको हो ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।

प्रतिक्रिया