कामीरिता शर्पाको नयाँ कीर्तिमान, जसले गरे २६औँ पटक सगरमाथाको सफल आरोहण
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

काठमाडौं, २४ बैशाख । आरोही कामीरिता शेर्पाले आफ्नो खातामा नयाँ कीर्तिमान कायम गरेका छन् । २६औँ पटक सगरमाथाको सफल आरोहण गरेर शेपौले नयाँ कीर्तिमान कायम गरेका हुन् ।

उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको हो । शपासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा पुगेको थिए ।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । त्यतिबेला शेर्पाले आफ्नो कामै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका थिए ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

कामी रितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् । यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामी रितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।

प्रतिक्रिया