जिम्बावे ‘ए’विरुद्ध नेपालको शानदार जित
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

काठमाडौं, २४ बैशाख । नेपालले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सहज जित हासिल गरेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो ।
नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा विनोद भण्डारीले ४ रनको योगदान गरे । बलिङतर्फ जिम्बावे‘ए’ का लागि बर्नान्डो मटुवाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनाएको थियो ।

जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० जोडे । नेपालका सोमपाल कामी र करण केसीले ३÷३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

प्रतिक्रिया