जगन्नाथ पौडेलको प्रश्न- ‘मैले चुनाव लड्दा आकाश खस्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

चितवन, २४ बैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी मेयरका उम्मेदवार बनेका जगन्नाथ पौडेलले गठबन्धनका नेताहरुप्रति आक्रोश व्यक्त गरेका छन् । उनले गठबन्धनका नेताहरुले आफ्नो उम्मेदवारीप्रति स्तरहीन टिप्पणी गरेको भन्दै आक्रोश पोखेका हुन् ।

शनिबार भरतपुरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै पौडेलले प्रजातन्त्रमा कुनै व्यक्तिले चुनाव लड्न पाउने बताउँदै आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘मैले चुनाव लड्छु भन्दैमा आकाश खस्छ ? कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौँ मान्छेले सहभागिता जनाउने कार्यक्रम हो ।’

उनले प्रधानमन्त्री भएका व्यक्तिले आफूमाथि स्तरहिन टिप्पणी आत्मग्लानी भएको समेत बताए ।

गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले आफू मेयर उठ्दा देशै बर्बाद हुने, गठबन्धन टुट्ने र आकाश नै खस्ने जस्तो गठबन्धनले ठानेको बताए । उनले राष्ट्रलाई बाटो देखाउनुपर्ने कांग्रेस अर्को पार्टी र नेताको भुलभुलैमा लागेर पार्टी र कार्यकर्ता बिर्सिएको बताए ।

प्रतिक्रिया