सर्वोच्चद्वारा आफताब आलमलाई थुनामुक्त नगर्न आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, २३ बैशाख

काठमाडौं, २३ वैशाख । सर्वोच्च अदालतले काँग्रेस नेता मोहम्मद आफताब आलम मुद्दामा उच्च अदालतकै निर्णयलाई सदर गर्दै थुनामुुक्त नगर्न आदेश दिएको छ ।

अदालतले शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका आलमलाई तत्काल थुनामुक्त नगर्न आदेश दिएको हो ।

उनलाई न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको छ ।

आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आफताब आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया