नेपाल जिम्बावे ‘ए’ सँग पराजित
अखबार टुडे
प्रकाशित:
२०७९, २३ बैशाख

काठमाडौं, २३ वैशाख । नेपाल जिम्बावे ‘ए’ सँग पराजित भएको छ । जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको एक सय ३७ रनको सामान्य लक्ष्य जिम्बावे ’ए’ ले २७ ओभरमा सात विकेट गुमाएर भेटायो । जिम्बावे ए ’का’ लागि इनोसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई÷दुई विकेट लिए । यस्तै सोमपाल कामी र सागर ढकालले एक÷एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा एक सय ३६ रनमै अलआउट भयो । नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए ।

बलिङतर्फ जिम्बावे ‘ए’ का लागि ब्राड इभान्सले चार विकेट लिए । नेपाल र जिम्बावे ‘ए’ को दोस्रो एकदिवसीय खेल भोलि शनिवार हुनेछ भने तेस्रो एकदिवसीय सोमवार हुनेछ ।

प्रतिक्रिया