जिम्बावे ‘ए’ विरुद्ध नेपालको सहज जित, सिरिज बराबरी
अखबार टुडे
प्रकाशित:
२०७९, २१ बैशाख

काठमाडौं, २१ वैशाख । जिम्बावे ‘ए’ सँगको तेस्रो टि–२० अभ्यास खेलमा नेपाल ८ विकेटको विजय भएको छ । नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै जिम्बावे ‘ए’ ले दिएको १ सय ३७ रनको मध्यम लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए । उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । यस्तै, कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए ।

त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । उसका लागि रोय कैयाले सर्वाधिक ४९ रन बनाए । टडिवानाशे मरूमानी २७, यस्तै ल्यूक जांगवेले २३ रन जोडे । ओपनर इनोसेन्ट कैयाले १४ तथा टोनी मन्योङ्गा २ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १–१ विकेट लिए । तीन टी २० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो। तेस्रो खेल जितेसँग नेपालले श्रृंखला बराबरी गरेको छ ।

प्रतिक्रिया