काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा बालकसहित पाँच जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २१ बैशाख

काठमाडौं, २१ वैशाख । काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिका– ११ बढुवेशीमा भएको दुर्घटनामा पाँच वर्षका एक बालकसहित पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जनाकारी दिए ।

युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो । दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ । घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । मृत्यु हुनेहरूको पहिचान भने खुलेको छैन ।

प्रतिक्रिया