ठगी र किर्ते मुद्दामा एमालेका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी
अखबार टुडे
प्रकाशित:
२०७९, २१ बैशाख

काठमाडौं, २१ वैशाख । नेकपा एमालेबाट स्थनाीय तह चुनावमा ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलन कुमार विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको छ ।

उनी विरुद्ध जिल्ला अदालत भक्तपुरले ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।

विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ ।

विष्ट विरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएको र त्यसबारे अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।

लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया