अज्ञात व्यक्तिले बम राखेको भन्दै फोन गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्च अप्रेशन
प्रकाशित:
२०७९, २१ बैशाख

काठमाडौं, २१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बुधबार बिहान अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भन्र्द फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको हो ।

अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसनमा लागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार अज्ञात व्यक्तिले विमानस्थलका ड्यूटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेका थिए । उक्त घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको हो । केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार