गठबन्धन र आफ्नो उम्मेदवार नभएको क्षेत्रमा एमालेविरुद्ध मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २१ बैशाख

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन नभएको र आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार साँझ बसेको सचिवालय बैठक अध्यक्ष माधवकुमा नेपालले यस्तो निर्देशन दिएका हुन् ।

बैठकपछि महासचिव डा. बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा एकीकृत समाजवादीसँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय भएको उल्लेख छ ।

एकीकृत समाजवादीले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा प्रतिगागी एवं दक्षिणपन्थीविरुद्ध मतदान गर्न निर्देशन दिएको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझैपनि अन्तिमसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ ।

महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया