काठमाडौं, २० बैशाख । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।
मंगलबार मतदातासँगको अन्तरक्रियामा उनले सार्जजनिकरूपमै स्पष्टिकरण दिएका हुन् । स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गर्दै भने, ‘यो प्रकरणमा म पूर्णरूपमा निर्दोष छु ।’
उनले रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको बताउँदै भने, ‘विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधि बसेर हटाउने निर्णय गरे । मलाई त थाहा पनि छैन । मेरो कुनै सम्बन्ध नरहेको कुरामा आरोप लगाउन पाइन्छ ?’
रश्मिलालाई बोकेर आफूसँग प्रतिस्पर्धा नगर्न कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई उनले चेतावनी दिँदै भने, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ । बाँदर सेनाले गुलेलीले हान्छन् । रुखले निहुरिनुपर्छ । अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो ।’