बिहीबार भरतपुरमा सत्तागठबन्धनको संयुक्त आमसभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २० बैशाख

चितवन । पाँच दलीय सत्तागठबन्धनले बैशाख २२ गते अर्थात बिीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावीसभा गर्ने भएको छ ।
उक्त चुनावी आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार आमसभा भरतपुरको हाकिम चोकमा हुनेछ । उक्त सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ ।

तीन पूर्वप्रधानमन्त्रीसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले पनि उक्त आमसभामा सम्बोधन गर्ने बताइएको छ । भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छन् ।

प्रतिक्रिया