तीन चर्चित कलाकार नेपाली कांग्रेसमा प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, २० बैशाख

काठमाडौं, २० बैशाख । अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाइदिएर पार्टी स्वागत गरेका छन् । स्थानीय तह निर्वाचनको छेकोमा यी कलाकार पार्टीमा प्रवेश गरेका हुन् ।

रविन्द्र खड्का चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् । उनले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । अघिल्लो निर्वाचनमा नेकपा एमालेका खुलेका भुवन केसी यसअघि स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र खड्का कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालका कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए ।
यसअघि अभिनेत्री रेखा थापा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र करिश्मा मानन्धर नेकपा एमालेका प्रवेश गरिसकेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पार्टी प्रवेश र परित्यागके क्रम बढेको छ ।

प्रतिक्रिया