उपमेयरका उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी
अखबार टुडे
प्रकाशित:
२०७९, २० बैशाख

काडमाडौं, २० वैशाख । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको उपमेयरका उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ । उनले शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गरेको अख्तियारमा डंगोलविरुद्धको उजुरीमा उल्लेख गरिएको छ ।

डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजय गराई उनले प्राप्त गरेको रकम तथा जरीवानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ ।

प्रतिक्रिया