बैतडीमा माओवादी उम्मेदवारमाथि खुकुरी प्रहार
प्रकाशित:
२०७९, २० बैशाख
काठमाडौं, २० वैशाख । बैतडीको डिलाशैनी गाउँपालिका–५ मा एक वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।
सोमबार राति करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार ६० वर्षीय हरिराम साउँदमाथी खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको जानकारी आएको बताउँदै उनीहरूको खोजी भइरहेको बताए ।
गम्भीर घाइते साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई धनगढी रेफर गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’