लोडर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ बैशाख । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।
सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको बताइएको छ । त्यसमा सवार एक नेपालीसहित ६ जना चिनियाँ नागरिक घाइते भएका थिए । उनीहरूको उपचारको लागि हेटौडा अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा गम्भीर घाइते भएका तीन जना चिनियाँ नागरिकको मृत्यु भएको सेनाले जनाएको छ । बाँकी तीन जनाको उपचार भइरहेको सेनाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा