इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ बैशाख । निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने परिस्थित बनाउन निर्देशन दिएको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट सेवा बन्द हुने अवस्था नआउने परिस्थिति बनाउन निर्देशन दिएको हो ।

यसअघि शनिबार इन्टरनेट सेवा प्रदायक संघले विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको थियो । उक्त विज्ञप्तिप्रति आयोगले ध्यानाकर्षण जनाउँदै त्यस्तो अवस्था आउन नदिन निर्देश दिएको हो ।

निर्वाचनको समयमा इन्टरनेट सेवा अवरोध भएमा निर्वाचन व्यवस्थापनमा गम्भीर असर पर्ने आयोगको भनाइ छ ।

‘मुलुकभर सबै स्थानीय तहमा एकैपटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकोले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिइन्छ’ आयोगले भनेको छ ।

प्रतिक्रिया