आखिर किन बन्द गरियो वेबसाइटहरुको मापन गर्ने एलेक्सा ?
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ बैशाख । विश्वव्यापी रुपमा वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’ बन्द भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका मे १ का दिनदेखि अमेजनले आफ्नो सहायक कम्पनी एलेक्जा बन्द गरेको हो ।
एलेक्जा २५ वर्षदेखि सञ्चालनमा थियो, जसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्दै आएको थियो । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औँ नम्बरमा छ ? भन्ने जानकारी लिन सकिन्थ्यो ।
साथै, यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटासमेत उपलब्ध गराउँदै आएको थियो ।
अमेजनले भनेको छ– ‘दुई दशकभन्दा बढी तपाईँहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । हामीलाई सामग्री अनुसन्धान, प्रतिस्पर्धी विश्लेषण, किवर्ड अनुसन्धान, र अन्य धेरैको लागि तपाईंको स्रोत बनाउनु भएकोमा धन्यवाद ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त