काठमाडौं, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको हो ।
नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ ।
महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ ।
यस्तै, पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने र यसको समयावधि कम्तिमा ५० वर्षको हुनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।
५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्न समेत महासंघले सुझाव दिएको छ ।
छिमेकी मुलुकबाट बैवाहिक समारोहमा आउँदा गरगहना ल्याउने प्रक्रियालँई सहज बनाउन र नेपाललाई शिक्षण गन्तब्यमा रुपमा आकर्षित गर्न समेत महासंघले सरकारलाई दिएको सुझावमा उल्लेख छ ।