आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेल सर्वोच्चमा
अखबार टुडे
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीको प्रमुख नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले विधि र प्रक्रियाविपरीत आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा सिंह भन्दा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख नियुक्त गरेको थियो । नवनियुक्त प्रहरी प्रमुख सिंहले दर्ज्यानी चिन्ह लगाइसकेका छन् ।

प्रतिक्रिया