केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ वैशाख । निर्वाचन आयोगले नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवा केशव स्थापितलाई स्पष्टिकरण सोधेको जनाइएको छ ।
आयोग स्थापितलाई गत बैशाख १५ गते धुम्बाराहीमा भएको एक कार्यक्रममा दिएको अभिव्यक्ति बारे तीनदिन भित्र जवाफ दिन भन्दै स्पष्टिकरण मागेको हो ।
स्रोतका अनुसार कार्यक्रममा प्रश्न कर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो की होइन ? उक्त भनाई आचारसंहिता विपरीत भयो कि भएन ? यदी भनेको हो भने किन भनिएको ? भनेर स्थापितलाई स्पष्टिकरण माग गरिएको छ ।
काठमाडौं महानगरको पूर्व मेयरसमेत रहेका स्थापितलाई बिगतमा पनि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो । उक्त विषयमै सोधिएको प्रश्नमा उनले बैशाख १५ गतेको सार्वजनिक कार्यक्रममा एक महिलामाथि उनी खनिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
