संसद बैठकमा दुई पटक पोर्न भिडिओ हेर्ने बेलायती सांसदको राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाडौं, १८ वैशाख (एजेन्सी) । बेलायतका एक सांसदले संसद बैठकमै पोर्न भिडिओ हेरेको स्वीकार्दै पदबाट राजीनामा दिएको छ ।

दुई पटक पोर्न भिडिओ हेरेको स्वीकार गर्दै प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको हो । उनले शनिबार राजीनामा दिएका हुन् ।

प्यारिसले पहिलो पटक ट्याक्टरको भिडिओ हेर्न खोज्दा झुक्किएर पोर्न भिडिओ आएको भए पनि दोस्रो पटक भने आफूले त्यस्तै भिडिओ हेर्न चाहेको बताएका छन् । उनले आफूले जे गरे पनि गल्ती गरेको उल्लेख गर्दै त्यो पागलपन भएको बताएका छन् ।

यसअघि एक जना बेलायती महिला मन्त्री संसद बैठक चलिरहँदा छेउमा बसेका पुरूष सांसदले पोर्न भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन् । सञ्चारमाध्यममा घटना बाहिर आएपछि प्रधानमन्त्री जोन्सनले प्यारिसलाई निलम्बन गरेका थिए ।

प्रतिक्रिया