मेयर भइसकेको जस्तो अनुभूत भइरहेको छ: केशव स्थापित
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाडौं, १८ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफू मेयर भइसकेको जस्तो अनुभूत भइरहेको बताएका छन् ।

नेकपा एमालेले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्थापितले अनुभव, भिजन र जनआधारका आधारमा आफू मेयर भइसकेको जस्तो अनुभूत भइरहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने– ‘अनुभव, भिजन र जनआधारका आधारमा म मेयर भइसके जस्तो लागिरहेको छ । जनताको पक्षमा हस्ताक्षर गर्ने हो । मेरो गोजीमा तीन वटा कलम छ । झ्याप कि झ्याप सिग्नेचर गर्ने हो । मजदुरको पक्षमा काम गर्ने हो ।’

उनले मेयरको रुपमा जनताको सेवा गर्न आतुर रहेको बताए । उनले काठमाडौं महानगरलाई बनाउने भिजन आफूसँग मात्र रहेको दावी गर्दै आफ्ना प्रतिस्पर्धीहरु कमजोर रहेको समेत दावी गरेका छन् ।
उनले भने– ‘मेरा प्रतिस्पर्धीहरु कमजोरहरु छन् । उनीहरुसँग भिजन छैन । भिजन नभएकाहरुले जित्ने कुरा हुँदैन । त्यसैले मेरो जित सुनिश्चित छ ।’

प्रतिक्रिया