‘कीभको सुरक्षा ग्यारेन्टरका रूपमा चीनको सम्भावन’
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

कीभ, १८ वैशाख (एजेन्सी) । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् ।

चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए ।

कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ । युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार कीभले अब युएनएससीका स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने सम्भावनाहरू खोजिरहेको छ र बेइजिङलाई युक्रेनको सुरक्षा ग्यारेन्टरहरू मध्ये एक बन्न प्रस्ताव गरिरहेको छ ।

उनले थपे बेइजिङले युक्रेनमा युद्धविरामको पहल गर्न रुसलाई आह्वान गर्ने कीभले आशा राखेको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका जनतालाई जोगाउने लक्ष्य रहेको बताएका थिए । जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन् । त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया